बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विशाल जन्तु हात्ती : हात्तीको पुर्खा झनै विशाल !

सुँडको टुप्पोको मद्दतले हात्तीले एउटा सानो सियो पनि टिप्न सक्छ
सोमबार, १९ फागुन २०७६, १६ : ४१
सोमबार, १९ फागुन २०७६

लाखौं हज्जारौं वर्ष पहिले पृथ्वीको धेरैजसो भाग जंगलले भरिएको थियो । त्यस समयमा यस संसारमा धेरै ठूला जनवारहरु बस्ने गर्थे । तिनीहरु धेरै ठूला र बलिया थिए । तर तिनीहरु संसारको बद्लिँदो वातावरणसँग जुध्न भने सकेनन् । जब खानाको अभाव हुन थाल्यो र संसारको तापक्रम पनि बद्लिन थाल्यो, विस्तारै तिनीहरु यस संसारबाट लोप हुन थाले । उदाहरणको लागि हामी डायनासोरलाई पनि लिन सक्छौँ । लाखौं वर्ष पहिले यस संसारमा डायनोसरहरु पाइन्थे । सम्भवतः त्यसबेलाका सबैभन्दा बलिया र डरलाग्दा जीव डायनोसर नै थिए  तर अहिले संसारबाट तिनीहरुको अस्तित्व नै मेटिइसकेको छ ।

त्यसो त संसारबाट सबै जीवहरु त्यसरी मासिएका छैनन् । केही केही जीवहरु समयसँग जुघ्दै, बदलिएको वातावरणसँग आफूलाई मिसाउँदै र परिवर्तन गर्दै आएका छन् । त्यसरी आफूलाई बचाउँदै आएका थुप्रै जीवजन्तुहरुमध्ये एउटा जन्तु हात्ती पनि हो ।

https://www.thevintagenews.com

वैज्ञानिकहरुका अनुसार हात्तीहरु करिब २०० करोड वर्ष पहिलेदेखि नै यस संसारमा बस्दै आएका हुन् । डायनासोरकैे पालादेखि उनीहरु यस संसारमा बसोबास गर्दै आएका हुन् । त्यसबेलाका हात्ती अहिलेका हात्तीहरुभन्दा पनि ठूला र डरलाग्दा भयानक थिए । अहिलेका हात्तीहरुका पुर्खाहरु भनेका त्यस समयका म्यामोथ (Mammoth) नामक भीमकाय जनवारहरु थिए ।


वैज्ञानिकहरुका अनुसार हात्तीहरु करिब २०० करोड वर्ष पहिलेदेखि नै यस संसारमा बस्दै आएका हुन् । डायनासोरकैे पालादेखि उनीहरु यस संसारमा बसोबास गर्दै आएका हुन् । त्यसबेलाका हात्ती अहिलेका हात्तीहरुभन्दा पनि ठूला र डरलाग्दा भयानक थिए । अहिलेका हात्तीहरुका पुर्खाहरु भनेका त्यस समयका म्यामोथ (Mammoth) नामक भीमकाय जनवारहरु थिए । अहिले अवशेषका रुपमा रहेका तिनीहरुका हाड र अस्थिपञ्जरहरु संसारका विभिन्न संग्राहलयमा राखिएका छन् । ती हाडहरु वैज्ञानिक र अनुसन्धानकर्ताहरुले उत्तर अमेरिका र यूरोपका गुफा र खोला किनारहरुमा फेला पारेका थिए । अझ साइबेरियामा त म्यामोथको पूरा जीउ नै हिँउमा सुरक्षित अवस्थामा पुरिएको पाइएको थियो । त्यसलाई पनि अहिले संग्राहलयमा सुरक्षित गरेर रखिएको छ ।हज्जारौं लाखौं वर्षअघि हात्तीहरु  संसारका धेरैजसो ठाँउहरुमा पाइन्थे । तर आज आएर तिनीहरुको संख्यामा निक्कै कमी आएको छ । अहिले एसिया र अफ्रिकामा मात्र हात्ती जंगली तथा केही केही घरपालुवा अवस्थामा पाइन्छ ।

हात्तीहरु जमिनमा बस्ने संसारकै सबैभन्दा ठूला प्राणीहरु हुन् । तिनीहरु विशेष गरेर शान्त स्वभावका हुन्छन् र केही मात्रामा बुद्धिमान् पनि हुन्छन् । कुकरपछि सजिलैसँग मानिसले सिकाएको कुरा सिक्ने प्राणी भनेका हात्ती पनि  हुन् । तिनीहरुको शरीर अति नै ठूलो हुने भएकाले त्यसको बोझ थाम्नका लागि खम्बा जात्रा खुट्टाहरु हुने गर्छन् । तिनीहरुका दुईवटा ठूला दाह्राहरु पनि हुन्छन् । हात्तीले दाह्राको प्रयोग  खाना खोज्ने बेलामा   रुखको जरा उखेल्न प्रयोग गर्ने गर्छन् । त्यसै गरी आफ्नो रक्षा गर्नका लागि पनि हात्तीले दाह्राको प्रयोग गर्ने गर्छ ।  हात्तीको शरीरको तुलनामा त्यसको मस्तिष्कको आकार चाहिँ निकै नै सानो हुन्छ ।

हात्तीको टाउकोमा एउटा लामो सुँड हुन्छ । यो नै हात्तीको शरीरको सबैभन्दा अचम्मको भाग हो । नाक र माथिल्लो ओँठको संयुक्त रुपमा बढेको भाग नै हात्तीको सुँड हो । सुँडले हात्तीको हात, नाक, ओँठ आदि सबैका काम एकै चोटी गर्ने गर्छ । तिनीहरुको सुँडमा करिब ४०,००० वटा मासुहरु हुने गर्छन् । त्यही भएर यो अति लचकदारको साथसाथै दह्रो पनि हुने गर्छ । तिनीहरुको सुँडको टुप्पो भने हाम्रो औँला जस्तो हुन्छ । हात्तीको सुँडको टुप्पो अति संवेदनशील हुन्छ । कतिसम्म भने सुँडको टुप्पोको मद्दतले हात्तीले एउटा सानो सियो पनि टिप्न सक्छ ।

Title Photo: https://upload.wikimedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप