बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : सुनसान लेकसाइड (फोटो फिचर)

सोमबार, १९ फागुन २०७६, १६ : १०
सोमबार, १९ फागुन २०७६

पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला सुनसान छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सधैँ पर्यटकको चहलपहल बढी रहने लेकसाइड यतिबेला सुनसान बनेको हो ।

प्रतिवर्ष डेढ लाखको हाराहारीमा आउने चिनिया पर्यटकको आवागमन पोखरामा ठप्प छ । सिजनमा ३५ देखि ४० प्रतिशतको हाराहारीमा बुकिङ रहने होटलहरु यतिबेला खाली छन् ।

भएका बुकिङहरु पनि रद्द भएको पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले बताए ।

पर्यटकहरुको आवागमन ठप्प हुँदा पोखरेली पर्यटन व्यवसायीहरु यतिबेला मारमा परेका छन् । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना बोकेर नेपाल सरकारले सुरुआत गरेको ‘भिजिट नेपाल २०२०’ पनि आइतबार साँझ बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले स्थगित गरेको छ ।

४५ भन्दा बढी मुलुकमा देखिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने आशंका गरिएको छ ।

हेरौँ लेक साइडका केही तस्बिरहरु :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप