चौतारी र आरम्भलाई गाभिन राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले त्यस्तो स्वीकृति आइतबार दिएको हो ।
दुई संस्था गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका रूपमा वित्तीय कारोवार गर्ने भएका छन् । बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोवार गर्दै आएको आरम्भले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को सर्त’ पूरा गरेको केन्द्रीय बैंकले जनाएको छ ।
गाभिन लागेका दुवै संस्थाले आ–आफ्नो वार्षिक साधारणसभाबाट निर्णय गरेबमोजिम चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्तको कायम हुने शेयर ‘स्वाप’ अनुपात एक बराबर एक हुने गरी शेयर पूँजी मिलान गर्नुपर्नेछ । यस्तै गाभिएर कायम हुने शेयरको सूचीकरण गर्नुपर्ने र शेयर कारोवारमा सहज हुने गरी रोक्का राखिएको धितोपत्र कारोवार फुकुवाको प्रबन्ध गर्नुपर्नेछ ।
यस्तै गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा राख्नुपर्ने, एकीकृत कारोवारसम्बन्धी सूचना दुईपटक सबै शेयरधनीले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ ।
बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै लघुवित्तलाई गाभिनका लागि अन्तिम स्वीकृति दिइएको छ । नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कूल छ लाख ४४ हजार २८० कित्ता शेयर सूचीकृत छ । यस्तै चौतारी लघुवित्तको कूल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज