शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चैत ७ मा पुग्यो दयाहाङको ‘नीरफूल’

सोमबार, १९ फागुन २०७६, १३ : ३२
सोमबार, १९ फागुन २०७६

काठमाडौं । संचारकर्मी फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’ फेरि एक साता पछि सरेको छ । ३० रिलिज मिति तोकिएको फिल्म सरेर चैत ७ मा पुगेको छ ।

यस अगाडि फागुन २३ मा रिलिज डेट तोकिएको यो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ हिन्दी फिल्म ‘बाघी–३’ आउने भएपछि फागुन ३० मा सरेको थियो ।

‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’, निर्देशक वलले भने, ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ ।’ आफ्नो मात्र होयन सबैको राम्रोका लागि आफुले फिलम सारेको वलले बताए ।

फिल्म ‘नीरफूल’को ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ । भुकम्पमा परि विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष कथा बताइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । 

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादक निमेष श्रेष्ठ हुन् भने वितरकमा गोविन्द शाही र मनोज राठी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप