शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘एस्पायर इन्टर कलेज २०२०’ को उपाधी ब्रिटिस कलेजलाई

सोमबार, १९ फागुन २०७६, १३ : १३
सोमबार, १९ फागुन २०७६

काठमाडौं– इस्लिङ्टन कलेजले आयोजना गरेको ‘एस्पायर इन्टर कलेज २०२०’ को उपाधी ‘दि ब्रिटिस कलेजले हात पारेको छ ।

गत फेब्रुअरी २६ देखि फेब्रुअरी २८ सम्म आयोजित उक्त कार्यक्रम विभिन्न व्यवसायसँग सम्बन्धितहरु बीचको एक विस्तृत श्रृंखलाको समिश्रण भएको कलेजले जनाएको छ । 

एस्पायरले एउटा प्लेटफर्म प्रदान गर्ने लक्ष्य सहित सबै सहभागीहरूलाई उनीहरूको अधिकतम क्षमता देखाउने अबसर प्रदान गरेको थियो । विद्यार्थीको सहभागिताले तिनीहरूमा समय व्यवस्थापन, टीममा काम गर्ने वानी र नेतृत्व लिने वानीको विकास हुने कलेजको दावी छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरूका लागि एक विशिष्ट बजेट विनियोजन गरिएको थियो जहाँ प्रतिस्पर्धी विद्यार्थीले न्यूनतम समय र साधनमा उच्चतम परिणाम देखाएका थिए। सहभागीहरूले टीम वर्क बनाएर सहभागीता जनाएका थिए ।

प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्षहरू वास्तविक जीवन परिदृश्यहरूको सामना गर्नका लागि उपायहरु पत्ता लगाएका थिए । सबै सहभागीहरूलाई उनीहरूको अनुकुल क्षेत्र बाहिर काम गर्न र उनीहरूलाई विश्व–व्यापारको अनुभव र अनुभूति प्रदान गर्दै त्यसमा आफुलाई कसरी समावेस गराउने भन्ने ज्ञान प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा ६ फरक अभ्यासहरू गराइएको थियो, जहाँ विद्यार्थीको सीमित समयमा वास्तविक लक्ष्यहरुमा उनीहरूको सीप र क्षमताको प्रयोग गरि उनीहरुको  मुल्यांकन गरिएको थियो । ६ फरक अभ्यासहरू स्टार्ट–अप आइकन, मनी मास्टर, दि लास्ट मार्केट कल, कर्पोरेट एलाइट्स, ग्लोबल हीरो र  सीइओ अफ दि इअर थियो । 

समापन कार्यक्रममा ‘ब्रिटेनमा एक दिन’ भन्ने फनफेस्ट आयोजना गरिएको थियो । जहाँ बिभिन्न स्टलहरू र क्रियाकलापहरू समावेश गरिएको थियो । परम्परागत ब्रिटिश संस्कृति प्रदर्शनी सहित सम्पन्न उक्त ‘एस्पायर इन्टर कलेज इभेन्ट  २०२०’ को उत्कृष्ट पुरस्कार ‘दि ब्रिटिस कलेजले हात पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप