संविधानपछिको पहिलो गैरसरकारी विधेयक आउँदै, गाँजा खेतीलाई खुलाउने प्रस्ताव
काठमाडौं । संविधान जारी भएपछिकै पहिलो गैरसरकारी विधेयक आज संसदमा दर्ता हुँदैछ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा सोमबार पूर्व कानूनमन्त्रीसमेत रहेका सांसद शेरबहादुर तामाङले उक्त विधेयक दर्ता गर्न लागेका हुन् ।
तामाङले पेश गर्न लागेको उक्त विधेयक संविधान जारी भएपछिकै पहिले गैर सरकारी विधेयक हो । संसदमा सामान्यतयाः सरकारले नै विधेयकहरु ल्याउने प्रावधान भए पनि सांसदहरुलाई सोझै विधेयक ल्याउने अधिकार पनि हुन्छ । सोही अधिकारलाई प्रयोग गर्दै गाँजा खेतीको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउन लागेका हुन् ।
अहिले नेपालमा गाँजाको खेती तथा कारोबार प्रतिबन्धित छ । नेपालमा प्रतिबन्धित गाँजा अन्य विभिन्न देशहरुमा भने कानूनी रुपमा खरिदबिक्री हुन्छ । गाँजामा ४०० भन्दा बढी तत्त्व पाइन्छन् जुन क्यान्सर लगायतका विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुन्छ । त्यही कारण यसलाई खुला गर्न र त्यसको नियमन र व्यवस्थापन गर्न यस्तो विधेयक ल्याउनुपरेको सांसद तामाङले बताए ।
संसदमा गैरसरकारी विधेयक विरलै मात्र आउँछ । यसअघि सांसद विजय सुब्बाले आईएलओ सम्बधी विधेयक संसदमा प्रस्तुत गरेका थिए जसलाई पछि सरकारी विधेयकको मान्यता दिएको थियो । सो विधेयकपछि हालसम्म अन्य दुईओटा विधेयक आएका थिए । आज प्रस्तुत गर्न लागिएको विधेयक चौथो गैरसरकारी विधेयक भएको सांसद तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)