बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धिमानको गीतमा केकी र बलेको रोमान्स

सोमबार, १९ फागुन २०७६, १२ : १३
सोमबार, १९ फागुन २०७६

काठमाडौं । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका वरिष्ठ दन्त चिकित्सक डा. बुद्धिमान श्रेष्ठ गायक बनेका छन् ।

उनको स्वर रहेको गीत ‘रेलले तान्यो र’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी र सागर लम्साल (बले)को रोमान्स देख्न सकिन्छ ।

प्रेमकथा बुनिएको भिडियो निकेस खड्काले निर्देशन गरेका हुन् । भिडियोमा किाश धमलाको छायाँकन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

गीतमा कृष्णभान्जाको म्युजिक एरेन्जमेन्ट रहेको छ । गीत गायनमा श्रेष्ठलाई गायिका मेलिना राईे साथ दिएकी छन् ।

पेशाले डाक्टर भएपनि बाल्यकाल देखि नै गीत संगीतको रुची पुरा गर्न गायनमा लागेको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप