बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डमाथि जुत्ता प्रहार प्रकरण : एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन

सोमबार, १९ फागुन २०७६, ११ : ३४
सोमबार, १९ फागुन २०७६

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति  गठन गरिएको छ । 

सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको  आदेशमा समिति गठन गरिएको हो । समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् । एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् ।

आइतबार राष्ट्रिय सभागृहमा तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । यद्यपि, प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।

जुम्लाका २१ वर्षीय रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । आफू सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा बाबुको ज्यान गएको तिरुवाले दाबी गरेका छन् । 

यता, सत्तारुढ दल नेकपा जुम्लाले भने रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको दाबी गरेको छ ।

 रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप