मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले जितिन् अन्तर्राष्ट्रिय अवार्ड
सोमबार, १९ फागुन २०७६, ११ : ३२
फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआईएम) ले राधा पौडेललाई एआईएमः एलुम्नाई अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
मर्यादित महिनावारी अभियन्ताको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल राधाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड हात पारेकी हुन् ।
फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा अध्ययन गरिसकेका विद्यार्थीहरुमध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेका पूर्व विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गर्छ ।
पौडेलले सोही कलेजबाट १० वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेकी थिइन् । सन् १९६७ मा स्थापना भएको एआईएमले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !