कोरोनाभाइरस संक्रमणको आशंकामा चार जना आइसोलेसन वार्डमा

काठमाडौं : कोरोनाभाइरसको संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । विदेशबाट फर्किएका चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना गरिएको हो ।
अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एक जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
भाइरस संक्रमण प्रभावित देशहरु दक्षिण कोरिया र चीनबाट फर्केका नेपाली हरुमा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । हालसम्म ती दुई देशबाट आएका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए ।
उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाएकाले आज रिर्पोट आउने बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?