बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिडनीमा यसरी रमाए एकैपटक ८ सय अभिभावक

आइतबार, १८ फागुन २०७६, २३ : ००
आइतबार, १८ फागुन २०७६

-सीता रसाइली विश्वकर्मा 
सिडनी । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया एनएसडब्लु राज्य परिषद्को आयोजनामा बृहत ‘वनभोज भेला २०२०’  भव्यताका साथ सम्पन्न भएको छ । सिडनीको ओलोङ्हनस्थित स्टुअर्ट पार्क स्कुवयरवेको जर्ज हान्ले ड्राइभ  वोलंगोंगमा शनिबार आयोजना गरिएको उक्त्त वनभोज भेलामा ८ सय ५० भन्दा बढी अभिभावकको सहभागिता रहेको थियो । 

बनभोज कार्यक्रममा १४ वटा बसमार्फत अभिभाबकहरुलाई लैजाने र घर फर्कने ब्यबस्था गरिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देव गुरुङले राटोपाटीलाई  जानकारी दिए ।सिड्नीका विभिन्न स्थानहरु क्याम्प्सी,अबर्न,रकडेल, ग्रानभील, वेस्टमीड, कोग्राह,क्यामेलटाउन, मिन्टो, ब्लाकटाउन, साउथवेस्ट, ओरान पार्क, हंस्बी,आटर्मन, हर्सभिल र पेनचस्ट पिकनिक लगायतका क्षेत्रबाट बनभोज भेला २०२० मा सहभागी हुनका लागि विहान ७ः३० देखी अभिभावकहरु जम्मा भएका थिए । उनीहरु ओलङ्हन जाने बाटोमा रहेको  मन्दिरको दर्शन गर्दै  न्यू साउथ वेल्सको नर्थ उल्लंघनको स्टुअर्ट पार्कमा पिकनिक स्थलमा पुग्दा झन्डै ११ बजेको थियो ।  त्यसपछि आयोजक पक्षले आचार्य राजन  शर्माको प्रशिक्षणमा अभिभावकहरुका लागि योगा कक्षा सञ्चालन गरेको थियो । अभिभावकहरुलाई योग गुरु शर्माले योग कक्षा सञ्चालन साथै अत्यात्मिक ज्ञानका बारेमा पनि जानकारी गराएका थिए  ।

आचार्यले दिएको प्रवचन कसरी स्वस्थ र  खुशी हुन सकिन्छ भन्ने कुरामा केन्द्रीत थियो र त्यसलाई सबैले रुचाएका थिए । योग कक्षा सकिएपछि अभिभावकहरुको स्वास्थ्य जाँचको व्यवस्था पनि गरिएको थियो  । उक्त्त बनभोज भेलाको निशुल्क स्वास्थ्य परिक्षण निकै महत्वपूर्ण  भाग थियो, जसमार्फत ३७० जना अभिभावकले  उच्च रक्तचाप, ३४० जनाले  सुगर र केहीले  बुढ्यौलीमा लाग्ने सामान्य रोगबारे परिक्षण गराएको स्वास्थ्य जाँच व्यवस्था कार्यक्रम संयोजक तथा नारिनिकुण्जकी डिपुटी कोअर्डिनेटर डा.समिता गुरुङले रातोपाटीलाई बताइन्। डा.गुरुङकाअनुसार औसत अभिभावकको उमेर ४५ देखी ७५ रहेको र अस्ट्रेलियाको लागि यो उमेर समूह बुढ्यौली उमेर नभएको र त्यही उमेर समूहका सबैजसो नेपाली अभिभावकलाई  उच्च रक्त्तचाप निकै ठुलो समस्याका रुपमा देखिएकोले आफु चिन्तित रहेको बताइन् ।  

 गैरआवासीय नेपाली संघ अस्ट्रेलियाकी  सचिव उषाकिरण बारियाले कल्चर प्रोग्रामको संयोजन गरेकी थिइन्, जसमा दोहोरी गीत कार्यक्रममार्फत अभिभावकहरुले निकै मनोरन्जन लिएका थिए  । एनआरएनए एनएस्डब्लु  डिपुटी कोअर्डिनेटर चुन्ना क्षेत्रीले राटोपाटीसँग कुरा गर्दै भने, ‘त्यसैपनि गैरआवासीय नेपाली संघ अस्ट्रेलिया एनएसडब्लु राज्य परिषद्को लागि अभिभाबक  पिक्निक असाध्यै सफल कार्यक्रम हो तर अहिले अघिल्ला बर्षहरुभन्दा चाहे संख्यात्मक हिसाबले होस् या गुणात्मक हिसाबले निकै सफल रहयो किनभने अभिभावकहरुको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम निकै प्रसिद्द रहयो ।’    

त्यसैगरि  एनआरएन ओसियाना  रिजनका  सम्योजक होम पाण्डेले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपालबाट आउनुभएका अभिभावकले अस्ट्रेलियाबाट फर्केर जाँदा एनआरएनएको कामको साकारात्मक सन्देश बोकेर नेपाल जाने हुनाले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले अभिभावक वनभोज भेला जस्ता कार्यक्रम गर्नु अत्यन्तै उत्कृष्ट काम हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप