बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० स्थगित गर्ने सरकारको तयारी

आइतबार, १८ फागुन २०७६, २२ : ३३
आइतबार, १८ फागुन २०७६

काठमाडौँ — सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गर्ने तयारी गरेको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने विषयमा छलफल गरेको हो । 

श्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए। बैठकमा प्रधानमन्त्रीले भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव गरेपछि त्यसबारेमा छलफल गरेर स्थगित गर्ने तयारी भएको जनाइएको छ । 


त्यस्तै आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गर्ने निर्णय गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुप लिन थालेपछि सोही जोखिमलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको हो ।

मार्चमा हुने भनिएको सगरमाथा संवाद कार्यक्रममा सार्क मुलुकका सरकार प्रमुखहरु लगायतका अतिथिहरुलाई सहभागी गराउन सरकारको तयारी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप