शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा त्रिपुरेश्परमा सुपथ मूल्य पसल

आइतबार, १८ फागुन २०७६, १९ : ४०
आइतबार, १८ फागुन २०७६

काठमाडौं । नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रित परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । नेपाली सेनाले सहुलियत पसलमार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप