विदेशबाट फर्किएका २ नेपालीलाई कोरोना संक्रमणको आशंका, टेकु अस्पताल भर्ना
आइतबार, १८ फागुन २०७६, १९ : २७
काठमाडौं । कोरोना भाइरसको संक्रमणको आशंकामा विदेशबाट नेपाल आएका २ जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । दक्षिण कोरिया र चीनबाट स्वदेश फिर्ता भएका दुईजना नेपालीलाई अस्पताल भर्ना भएकोे अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले बताए ।
दक्षिण कोरिया र चीनको कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्रबाट फर्केका नेपाली नागरिक घर आइसकेपछाडि ज्वरो आउँदा अस्पताल आएका कारण उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । ती दुई देशबाट आएका २१ जनालाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाएकाले सोमबारसम्म रिर्पोट आउने बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु