बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने
काठमाडौं । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज) सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरै वटा सुन्दर बत्ती जडान हुने इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिने उनले बताए । पुल निर्माणका लागि ठेक्का सम्झौता हुँदा डिजाइनमा सामान्य बत्ती उल्लेख भए पनि अहिले त्यसका सट्टा आकर्षक बत्ती जडान गर्न लागिएको हो । उनले भने, ‘बत्ती जडानकै लागि निर्माण कम्पनीसँग छलफल भइरहेको छ ।’
निर्माण व्यवसायी आफैँले डिजाइन गरेकोमध्ये एउटा पुल गत वर्ष नै सम्पन्न भइसकेको थियो भने अर्को पुल अघिल्लो महिना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । निर्माण व्यवसायीसँग भएको सम्झौतानुसार बत्ती जडानसँगै पुलमा रङ्गरोगनको काम बाँकी रहेको इञ्जिनीयर देवकोटाले बताए ।
यो पुल निर्माणका लागि विसं २०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेइ कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल तीन वर्षमा सक्नेगरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो । डिजाइनमा लामो समय लागेको र समयमा निर्माणस्थलमा रहेका संरचना हटाउन नसकिएकाले पुल सम्झौता अवधिमा सम्पन्न हुन सकेको थिएन । एक वर्ष थप्दा काम सम्पन्न हुने भन्दै आयोजनाले गरेको सिफारिसमा सरकारले अवधि थपेको थियो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ