शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पक्राउ परेका रतनले भने–प्रचण्डले वर्गसंघर्षको कुरा गरेको चित्तै बुझेन, जुत्ता हानिदिएँ

आइतबार, १८ फागुन २०७६, १७ : १३
आइतबार, १८ फागुन २०७६

काठमाडौं । प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।

आइतबार राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर प्रचण्डलाई उनले प्रहार गरेको जुत्ता भने लागेन । 

प्रहरी नियन्त्रणमा रहेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको बताए । उनले यही आवेगमा प्रचण्डमाथि जुत्ता हानेको प्रतिक्रिया दिए । 

उनलाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप