बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा महोत्तरीको विद्यालयलाई आर्थिक सहयोग

आइतबार, १८ फागुन २०७६, १६ : ४९
आइतबार, १८ फागुन २०७६

काठमाडौं । सिटिजन्स बैंकले महोत्तरी जिल्लाको औरही नगरपालिका —१ स्थित जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई ७०,००० आर्थिक सहयोग प्रदान गरेको हो । 

सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहजहोस् भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गरिएको  बैंकले जनाएको छ । सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । 

सिटिजन्स बैंकले देशैभरबाट आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट करिव ५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनैपनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरुसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामानवा सुविधा खरिद गर्दा २०% सम्मक्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप