नेपाल टेलिकमले ल्यायो प्रतिएमबी ५ पैसामै चलाउन मिल्ने लार्ज डाटा प्याक

काठमाडौं । तपाईंलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन ।
यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइने र तुलनात्मक रुपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ ।
कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्ने टेलिकमले जनाएको छ ।
लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ ।
आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन
-
बाल सुधार गृहमा झडप र आगजनी, ४९ जना घाइते
-
वस्तु तथा सेवा खरिदमा ठगिनुभयो ? अब सिधै उपभोक्ता अदालत जानुहोस्
-
विभिन्न क्याम्पसहरूमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित
-
‘अत्तालिएको र सन्तुलन गुमाएको’ भन्दै प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन राप्रपाको चेतावनी
-
‘विद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’