बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभागृहमा प्रचण्डमाथि आक्रमण प्रयास (भिडियो सहित)

आइतबार, १८ फागुन २०७६, १६ : १४
आइतबार, १८ फागुन २०७६

काठमाडौं । राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ माथि  आक्रमण प्रयास भएको छ । 

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।  तर उनले प्रहार गरेको जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने नेकपा समर्थित जुम्लाका कार्यकर्ता  २२ वर्षीय रतन तिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप