शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा बोकेकी महिलालाई लाठी प्रहार गर्ने इन्सपेक्टरमाथि कारवाही

आइतबार, १८ फागुन २०७६, १२ : ५३
आइतबार, १८ फागुन २०७६

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई भैंसेपाटी प्रभागको जिम्मेवारीबाट मुक्त गरेर महानगरीय प्रहरी परिसर ललितपुर तानिएको हो । 

केही दिनअघि नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल) हेम खत्रीको घरमा बच्चा बोकेकी एक महिलामाथि निर्मम ढङ्गले प्रहरी निरीक्षक पौडेलले लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

हेम खत्री आफ्नो पति भएको दावी गर्दै माला साह नाम गरेकी महिला केही महिला तथा अधिकारकर्मीलाई लिएर भैंसेपाटीस्थित खत्रीको निवासमा पुगेकी थिइन् । वर्षौँदेखि सम्बन्ध रहे पनि पछिल्लो समय खत्रीले बेवास्ता गरेको उनको आरोप थियो ।

सोही क्रममा मालाका लागि न्याय माग्न खत्रीको निवास पुगेकी हेमा श्रेष्ठलाई प्रहरी निरीक्षक पौडेलले बच्चा बोकेको अवस्थामा समेत निर्मम ढङ्गले लगातार लाठी प्रहार गरेका थिए ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले प्रहरी निरीक्षक पौडेललाई कारवाहीस्वरुप ललितपुर परिसरमा तानिएको पुष्टि गरे । उनीमाथि थप छानविन भइरहेको र छानविनको निष्कर्षपछि थप कारवाही हुने ज्ञवालीले जनाए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप