शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकासँगको सम्झौतापछि अब तालिवानले के गर्छ ?

आइतबार, १८ फागुन २०७६, १२ : ०९
आइतबार, १८ फागुन २०७६

अमेरिका र तालिवानबीच शनिबार दोहामा एक सम्झौतामा हस्ताक्षर भयो । तर सम्झौतालाई अमेरिका, अफगानिस्तान सरकार र तालिवान अधिकारी कोही पनि ‘शान्ती सम्झौता’ भनिरहेका छैनन् । 
उता, अफगानिस्तानभित्र एक हप्ते लामो ‘हिंसा न्यूनीकरण’ सहमतिपछि एक आशावाद बढेको छ ।  

अफगानिस्तान अहिले यो स्थानसम्म कसरी आइपुग्यो ? र, यसको लागि यति लामो समय किन लाग्यो ? 

वर्षौंदेखि ‘अफगानिस्तान युद्ध’ रक्तपातपूर्ण गतिरोधमाझ अल्झिरह्यो । तालिवानले देशको भू–भाग कब्जा गर्ने क्रम बढ्दै गएको थियो । तथापि तिनले प्रमुख सहर नियन्त्रण गर्न सफल हुन सकेका थिएनन् । 
केही समयदेखि अमेरिका र तालिावन दुवैलाई सैन्य विजय हासिल गर्न सकिदैन भन्ने लाग्न थालेको थियो । 

यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट फौज फिर्ता गर्ने बताउँदै आएका थिए । 

अमेरिकाले विगतमा तालिवानले अफगानी सरकारसँग वार्ता गरेपछि मात्र उसँग वार्ता गर्ने अडान राख्दै आएको थियो । तर तालिवानले अफगानी सरकारलाई अवैध बताउदै उसँग वार्ता नगर्ने बताउदै आएको थियो । 
सन् २०१८ मा अमेरिका आफ्नो पूर्ववर्ती अडानबाट पछाडि हटेर तालिवानसँग प्रत्यक्ष वार्ताको टेबलमा बस्यो । 

तिनै वार्ताको महत्वपूर्ण सफलताले शनिबारको सम्झौता भएको हो ।  

सम्झौता अनुरुप अब तालिवानले अल कायदासँगको सम्बन्ध अन्त्य गराउनुपर्छ । अमेरिकाले सन् २००१ मा आफगानिस्तानमा आक्रमण गर्नुको मुख्य कारण नै तालिवानको अल कायदासँगको सम्बन्धलाई बताएको थियो । 

सम्झौताले विद्रोही तथा अन्य अफगान राजनीति नेताबीचको वृहद वार्ताको लागि ढोका खोलेको भनिएको छ । त्यस वार्तामा सरकारी प्रतिनिधि पनि सहभागी हुनेछन् ।  

यी वार्ता अहिलेभन्दा जटिल हुनेछ । कुनै न कुनै रुपमा अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट’ बनाउन चाहने तालिवान र सन् २००१ मा स्थापना भएको आधुनिक लोकतान्त्रिक अफगानिस्तानको बीचको बाटो खोजिनुपर्छ । 

त्यस अवस्थामा महिला अधिकारको के हुनेछ ? लोकतन्त्रमा तालिवानको अडान के हुन्छ ? अफगानिस्तानभित्रका शक्तिको वार्ता सुरु हुदाँ यी प्रश्नको सामना गरिनुपर्नेछ ?

हालसम्म, तालिावनले अमूर्त कुरा गरिरहेको छ । वार्ता सुरु हुनु अघि नै विभिन्न अवरोध खडा भएका छन् । तालिवान समूह आगामी वार्ता अघि उसका पाँच हजार कैदी रिहा हुनुपर्ने भनिरहेको छ । 
तर अफगानी सरकार भने ती कैदीलाई भावि वार्ताको समयमा तालिवानलाई युद्धविराम गराउने बार्गेनिङ कार्डको रुपमा प्रयोग गर्न चाहन्छ ।  

अर्कोतर्फ अफगानिस्तानको राष्ट्रपति निर्वाचनको विजेताबारेमा विवाद सल्टिसकेको छैन । अशरफ घानीको प्रतिद्वन्दी अब्दूल्ला अब्दूल्लाले निर्वाचनमा धाँधली भएको बताइरहेका छन् । 
राजनीतिक अस्थिरता कायम रहिरह्यो भने वार्ता समूह समावेशी हुने अवस्थामा अवरोध सिर्जना हुनसक्छ ।  

एक जना अफगानी अधिकारीले अफगानिस्तानभित्रको शक्तिबीच वार्ता सुरु भएपछि पनि सहमती हुन वर्षौं लाग्ने स्वीकारे । अमेरिकाले पनि तालिवानीहरु अहिलेको सम्झौतामा प्रतिबद्ध भइरहे भने १४ महिनामा सेना फिर्ता हुने बताएका छ । 

यदी कुनै सहमती भएन भने अमेरिकी सेनाले अफगानिस्तान छाड्छ कि छाड्दैन , त्यो पनि स्पष्ट छैन । 

अफगानी सरकारी पक्षले अमेरिकी सैनिक फिर्ती ‘ससर्त’ हुनुपर्ने बताएका छन् । एक जना कुटनीतिज्ञले अमेरिकी सेना फिर्ता गरेपछिको अवस्थामा तालिवानले आक्रमण वृद्धि गरे भने अफगानिस्तानी फौज कमजोर हुने बताए । 

अर्का विश्लेषकले तालिवानी पक्ष नरम हुने मानसिकतामा नरहेको देखिएको बताए । समर्थकलाई विद्रोहीले अमेरिकासँगको सम्झौतालाई जितको रुपमा देखाइरहेबाट पनि यो झल्किन्छ । 

तथापि तालिवानले अन्तराष्ट्रिय वैधता र स्वीकारोक्ति खोजेको पनि देखिन्छ ।अधिकाशं आम अफगानी जनताको मुख्य प्राथमिकता हिंसामा कमी होस् भन्ने छ । 

अफगानिस्तानमा केही समयपछि न्यायो वसन्त ऋतु सुरु हुनेछ । उक्त मौसमलाई धेरैले ‘लडाई बढ्ने ऋतु’ भन्छन् । अहिले अमेरिका र तालिवानबीचको सम्झौताको असर कत्तिको छ भन्ने थाहा पाउन त्यसबेलासम्म पर्खनुपर्छ ।  
 

बीबीसी/ सेकुन्दर करमानी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप