एकैदिन सुनको मूल्य १२ सयले घट्यो
आइतबार, १८ फागुन २०७६, १२ : ०२
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।
शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
-
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
-
रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दा पेसीमा
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो