शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

आइतबार, १८ फागुन २०७६, ११ : ३०
आइतबार, १८ फागुन २०७६

बर्दिबास : महोत्तरीको मनरासिस्वा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । 

आइतबार राति २ बजे शौचालय गएका मनरासिस्वा गाउँपालिका वडा नं ३ सोनल घर भएका ६१ वर्षीय सहदेव प्रसाद यादव घाइते भएका हुन् । 

अज्ञात समुहले उनको छातीको तल्लो भागमा गोली हानेर फरार थिए ।

गम्भीर घाइते यादवलाई उपचारका लागि प्रदेशिक अस्पताल जनकपु लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप