शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वश्रवण शक्ति दिवसका अवसरमा नर्भिक हस्पिटलले निःशुल्क कान जाँच तथा परामर्श सेवा उपलब्ध गराउँदै

आइतबार, १८ फागुन २०७६, १० : २८
आइतबार, १८ फागुन २०७६

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शत्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । 

मंगलबार २० गते यस वर्षको विश्व श्रवण शक्ति दिवस दिन मनाइँदैछ । यस वर्षको विश्वश्रवण शक्ति दिवसको नारा “जीवनका लागि श्रवण” रहेको छ । 

विकासशील र अल्पविकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध सङ्क्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ । 

त्यसमा पनि अत्यधिक ध्वनिसहितका कलकारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही सङ्क्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने खतरा समेत आइपर्न सक्छ । 

तसर्थ, समयमै गरिने श्रवण शक्तिह्रास सम्बन्धी समस्याको पहिचान, निदानएवम् उपयुक्तउपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ । 

त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्वश्रवण शक्तिदिवसको नारा “जीवनका लागि श्रवणः श्रवण शक्ति कम भई आफ्नो गतिलाई सीमित हुन नदिऊँ” राखेको हुनुपर्छ । 

हाल विश्वभर करिब ४६ करोड मानिसहरु श्रवण शक्तिह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिकामात्रै रहेका छन् । 

नेपालको सन्दर्भमा आधिकारिक तथ्यांकउपलब्धनभएपनि सो संख्याअत्यधिकभएको अनुमान छ । मानिसको श्रवण शक्तिह्रास हुनुकाप्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केहीत्यस्ता सङ्क्रमणहरु जस्तैः दादुरा, गलगाँड र रुवेला आदि छन् भने केही प्रकार क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाजनिकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मकक्रियाकलापहरू मुख्य रहेका छन् । 


श्रवण शक्तिह्रास हुँदा मानिसलाई विविध कठिनाईहरु आइपर्ने हुन्छ । जस्तैः व्यक्तिको व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारीक र सामाजिकीकरणमा समस्या, सिक्ने क्षमतामाकमी, काम र जीवनप्रतिको उत्साहमाकमी, परिवार÷समाजमाएक्लोपनको महसुस हुने,आदि रहेका छन् ।

त्यस्तै वयष्क मानिसहरूको श्रवण शक्तिको ह्रासले उनीहरूको व्यवहारिक पक्ष वा संज्ञानात्मक गिरावट निराशापन र मस्तिष्कलाई कमजोर पार्ने रोग जस्ता खतरनाक समस्याहरूको सिकार हुनसक्ने जोखिम बढाइदिने हुन्छ । 

समयमा रोगको पहिचान, निदानएवम् उपचार गर्ने हो भने श्रवण शक्तिह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ । उपर्युक्ततथ्यलाई मननगर्दै नर्भिकको नाक–कान–घाँटी विभागले यहि फागुन २०गते मंगलवार र २१ गते बुधवारका दिन विहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्कजाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ । 

सेवाप्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र उपर्युक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भूषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहनेछन् ।

उक्त दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्नेभएमा सो सेवानिःशुल्कहुनेछ भने श्रवण यन्त्र परीक्षण÷जाँँच समेत निःशुल्क गरिनेछ । त्यसरी नैकान सम्बन्धी शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रियाशुल्कमा ५०∞ छुट हुनेछ । शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमापनि ५०∞ छुट गरिने व्यवस्था छ । श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा२५∞ छुटसहितको दर÷रेटमा प्राप्तहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप