बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

परिवर्तित समाज र समृद्धिको नारा

खुलमखुल्ला खल्ती भर्ने कार्य : ‘तुम भी चोर, मै भी चोर’ चरितार्थ गर्न खोजिएको प्रष्ट
शनिबार, १७ फागुन २०७६, २२ : ११
शनिबार, १७ फागुन २०७६

कता लम्कँदैछन् यो देशका नैतिक समाज र संस्कार ? कता दोहोर्‍याइँदैछ समृद्धिको नारा गाउँदै ? व्यभिचार, भ्रष्टाचारको वैभवतिर ? अथवा नियम कानुनको धज्जीउडाएर हामीले उन्नत देश बनायौँ भनेर छाती फुलाइँदैछ ।

पेशाले म राजनीतिज्ञ होइन, एक साधारण नागरिक हुँ । राजनीतिक खेल बुझ्न पनि सक्तिनँ तर सचेत नागरिक हुँ, आँखा चिम्लेर सहिदिने मेरो स्वभावभित्र पर्दैन । बारम्बार कानमा ठोकिन पुग्छ ‘समृद्धि’ शब्द । कोही भोकानाङ्गा हुने छैनन्, कुनै महिला हिंसापीडित हुने छैन । के यही हो समृद्धिको परिभाषा ? समृद्धि शब्द मनमोहक छ, लोभिएका छन् जनता । फोहोर मैलाको डङ्गुरमा आफ्नो अस्तित्व, आफ्नो स्वाभिमान खोज्दैछन् । भेटाएर पनि हातबाट चिप्लिएर फुत्केको चालै पाएनन् क्यार । भूपू उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, पार्टीको बलियो दबाबमा तपाईंको स्वाभिमान चिप्लिन पुग्यो । हदभन्दा बढी दुःख लाग्यो । पत्रकारका सामु तपाईंको जोशिला अडान र मन्तव्य सुनेँ । भन्नुभो, ‘म हारेकी छैन ।’ अब त पार्टीको सिन्दुर लगाएर भित्रिनुभयो, यो तपाईंको जित होला सायद, मैले बुझिनँ । चार महिनासम्म तपाईंको सशक्त अडान देखेँ र सुने पनि ।

ठीकै छ, राजनीतिको खेल बुझ्ने दिमाग ममा छैन । माफ गर्नुहोला । शक्तिपुञ्जका शासकहरू, किन तर्सिएका यहाँ स्वाभिमानमा अडिएका केही महिलादेखि ? भूपू उपसभामुखले केही समयसम्म मात्र त तपाईंहरूलाई झस्काइन् । भूपू प्रधान न्यायाधीश सुशीला कार्कीजस्ती अडिग महिला अहिले पनि जिउँदै ललकारिरहेकी छन् । पत्रिकाहरू त पढिराख्नु भएकै होला । के यस पङ्क्तिकार महिलालाई ढाल्नसक्नु हुन्छ ? कलम त रोकिँदैन । सञ्चार माध्यमलाई संविधानको नाममा खुम्च्याउने आँट नगर्नुस्, झन् विस्फोट हुनेछ ।


भूपू प्रधान न्यायाधीश सुशीला कार्कीजस्ती अडिग महिला अहिले पनि जिउँदै ललकारिरहेकी छन् । पत्रिकाहरू त पढिराख्नु भएकै होला । के यस पङ्क्तिकार महिलालाई ढाल्नसक्नु हुन्छ ? कलम त रोकिँदैन । सञ्चार माध्यमलाई संविधानको नाममा खुम्च्याउने आँट नगर्नुस्, झन् विस्फोट हुनेछ ।


हुन त भाषण–कलामा पोख्त, आफ्नै हातमा डाडुपन्यु भएका पुरुषहरू, जे पनि बोल्नसक्ने शक्तिको भण्डार लिएर यहाँहरूका साथमा छँदैछन् । बिर्सनुभएको छैन होला, एक महिला राष्ट्रपतिको कुर्सीमा अहिलेसम्म आसिन छिन्, सम्माननीय विद्यादेवी भण्डारी । उहाँको कुर्सीमा कहिले भुइँचालो पठाउने हो ? किन, उहाँको कुर्सीमा भुइँचालो प्रतिरोधक क्षमता भएकाले वा स्व. मदन भण्डारीको भूतले तर्सिएर ? जे होस्, उहाँको कुर्सी हालसम्म यथावत छ ।

म खोज्दैछु ती पुरुषहरूसँग मैदानमा उत्रिएकी अष्टलक्ष्मी शाक्य तथा अन्य योद्धा महिलाहरूलाई । उनीहरू एउटै पार्टीका सहयोद्घा होइनन् र ? ती सहयोद्घाबाट छोइछिटो होला भनेर गुफा हालेको, नत्र घामको उज्यालोमा त देखिनुपर्ने होइन ? बहुमतका पुरुषहरू, शक्तिशाली शासकहरू, ती महिला सहयोद्घाका बन्दुक बोक्ने काँध कमजोर थिए ? पहाड चढ्ने खुट्टाहरू काँपेका थिए वा जङ्गल जङ्गल लुक्दै हिँड्दा हिंस्रक जनावरदेखि थरथर काँपेका थिए ? या पञ्चयत फाल्दा दृढ सङ्कल्पित थिएनन् ? किन हो पच्चीस प्रतिशत पनि सरकारमा स्थापित भएनन् ?

आज अन्यायविरुद्घ आवाज उठाइरहने धेरै छन् । अन्यायविरुद्ध आवाज उठाउनु ज्यान गुमाउनु पनि रहेछ । सिराहा निवासी जल्दोबल्दो युवा अवैधानिक क्रसर उद्योग सञ्चालकहरूबाट उज्यालोमै किच्याएर मारिए । कत्रो अन्याय ! यो घटनाले न्यायको माग गर्नु भनेको ज्यान गुमाउनु हो भन्ने तथ्य पुष्टि गरेको छ । आश्चर्य त यो छ कि हत्यासम्म गर्नसक्ने यत्रो साहसको स्रोत के हो ? बुझ्न सकिनँ ।

एमसीसीका विषयमा जनताको मत बझ्नुु आवश्यक ठानिएन । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संसदमा लाहाछाप लगाइहाले । अझ भन्दैछन्, देशको प्रगति देख्न नचाहनेहरूले देशप्रति अन्याय गर्नु हो । शासकहरूको यस्तो प्रतिकार देख्न पाइयो । हुन त देशलाई दृष्टिबन्धक राख्दा के फरक पर्छ र ? जनता नै कलुषित रहेछन् । यो देश शासकहरूको मात्र होइन भनी बुझ्ने क्षमताको ह्रास भन्नु उपयुक्त होला ।

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार खुम्च्याउँदै’ भन्ने शीर्षकमा एक दैनिक पत्रिकामा प्रकाशित समाचारमा ठूल्ठूला भ्रष्टाचारमा अख्तियारले हात लम्काउन थालेको सह्य भएन । त्यसैले बहुमत सरकार कानुन संशोधन गर्नतर्फ लागिपरे । अमूक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न नपाइने । खुलमखुल्ला खल्ती भर्ने कार्य भएका छन् । यसले हिन्दी भाषामा प्रचलित उखान ‘तुम भी चोर, मै भी चोर’ चरितार्थ गर्न खोजिएको प्रष्ट छ ।

देशको ढुकुटी कसरी रित्याउने भन्नेतर्फ लागेका छन् । यस कुरालाई महालेखाकोे प्रतिवेदनले पनि देखाएको छ । तर ती प्रतिवेदन रद्दीको टोकरीमा उदाङ्गो पारी निसहाय अवस्थामा फ्याँकिएका हुन्छन् । ती प्रतिवेदनमा उल्लेख गरिएका कुरामा कुनै भएन र हुँदैन पनि । किनभने वैकल्पिक दुलो जनतासमक्ष आउने सवालै उठ्दैन । नेपाल भन्ने देश नै राजनीतिक पार्टीको पेवा हो । पार्टी नै देश र देश नै पार्टी भन्ने मानसिकताले ग्रस्त छ ।


ती प्रतिवेदन रद्दीको टोकरीमा उदाङ्गो पारी निसहाय अवस्थामा फ्याँकिएका हुन्छन् । ती प्रतिवेदनमा उल्लेख गरिएका कुरामा कुनै भएन र हुँदैन पनि । किनभने वैकल्पिक दुलो जनतासमक्ष आउने सवालै उठ्दैन । नेपाल भन्ने देश नै राजनीतिक पार्टीको पेवा हो । पार्टी नै देश र देश नै पार्टी भन्ने मानसिकताले ग्रस्त छ ।


घुस लिनु कानुनतः अपराध हो र दण्डित हुनुपर्छ । सत प्रतिशत स्वीकार्छु तर कानुनी छिद्रबाट ओसारेका सज्जनलाई सजाय दिने बुँदा कानुन तर्जुमा गर्दा छुट्याइन्छ ? कि कानुन तर्जुमाकारका हातमा करेन्ट लगाइएको त होइन ? के गर्नु सरकार, म झुठ बोल्नुलाई अपराध ठान्छु ।

महँगीको मारले परिवारलाई एक छाक पनि खुवाउन असमर्थहरू डिप्रेसनको रोग बोकेर बहुलाउन बाध्य छन् । घरको गिर्दो आर्थिक अवस्था उकास्न विदेशमा पसिना बेचेर देशलाई रेमिट्यान्स सुम्पन्छन् । अन्ततः लास मात्र फर्कन बाध्य युवाको सङ्ख्या पनि कम छैन । तिमीहरू सजीव रूपमा गयौ, निर्जीव रूपमा फर्कियौ । असामयिक मृत्युवरण गर्‍यौ, परिवारसँग भावना साट्ने अवसर गुमायौ । तिमीहरूका कारुणिक कथा सुन्न कुन नेतालाई फुर्सद छ ? जे होस्, नेताहरूलाई फुर्मास् गर्न रेमिट््यान्स भित्र्याएर त आयौ ! सन्तोष मान । हुन त म भूतप्रेतमा विश्वास गर्ने मानिस होइन तर लास भएर कफनमा फर्किने युवाहरू भूतप्रेत, पिशाच हुनसक्छौ भने आऊ अन्यायविरुद्ध आन्दोलनको झण्डा फहराउन । विदेशिएका युवाहरुलाई रोक्न सरकारसँग कुनै ठोस कार्यक्रम भए यो हबिगत निश्चय हुने थिएन ।

कालापानी र लिम्पियाधुराका आगो चिसिन थालेको अनुभव भइरहेछ । दक्षिणको छिमेकीले त ठाडो जवाफ फर्काइसकेको छ । नेपाली प्रम तथा हिन्दुस्तानी प्रमबाट बटन थिचेर उद्घाटित सिमाना विषय हुस्सु भएर अलप भइसकेको छ ।

देशका हरेक स्रोतको दोहन भइराखेको छ । लाग्छ, जुनसुकै पार्टीको सरकारले पदार्पण गरे पनि फरक पर्नेवाला छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सत्यभामा माथेमा
सत्यभामा माथेमा
लेखकबाट थप