शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

सामुदायिक विद्यालयमा युवापुस्ताका शिक्षक आवश्यक : मन्त्री पोखरेल

शनिबार, १७ फागुन २०७६, २० : ३९
शनिबार, १७ फागुन २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सवलीकरणको लागि ऊर्जावान, दक्ष र प्रविधिको ज्ञान भएका युवापुस्ताका शिक्षक आवश्यक रहेको बताएका छन् । 

समुदायिक विद्यालय सवलीकरणका लागि नगर शिक्षा सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री पोखरेलले भने, “मसँग शिक्षक साथीहरु शिक्षकको कार्यकाल ६० बाट बढाएर ६३ बनाउनुपु-यो भन्नुहुन्छ, तर म सकेसम्म चाँडो उहाँहरुलाई बिदा दिएर प्रविधिको पूर्णज्ञान भएका नयाँ, ऊर्जावान, दक्ष शिक्षक भित्र्याउन चाहेको छु ।”

सामुदायिक शिक्षा सवलीकरणका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वयको खाँचो रहेको उल्लेख गर्नुहुँदै उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षकले मात्र नसक्ने भएकाले शिक्षक, अभिभावक, विद्यार्थी र सरकोकारवाला निकायको समन्वय जरुरी रहेको बताए ।

सरकारले २०७६–८५ लाई सामुदायिक शिक्षा सवलीकरण दशक घोषणा गरेको जानकारी दिनुहुँदै मन्त्री पोखरेलले अबको दशक शिक्षामा पहुँच मात्र होइन, गुणस्तरीय शिक्षाको दशक भएको बताए । 

कार्यक्रममा गोलबजार नगरपालिकाको शिक्षाको अवस्था र त्यसमा के–के सुधार गर्न सकिन्छ भन्ने विषयमा शिक्षाविद् अभिषेक घिमिरेले कार्यपत्र प्रस्तुत गरे ।

सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य रामकुमार यादव, जगत् यादव, पूर्वमन्त्री विश्वनाथ साहले सम्मेलनले गोलबजार नगर क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

यसैगरी मन्त्री पोखरेलले आजै गोलबजार नगरपालिकास्थित सरस्वती माविको (प्राविधिक शिक्षालय) तेतरिया जमदहमा दुईतले आठकोठे भवनको उद्घाटनसमेत गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप