केन्द्रीय संस्करण

स्वास्थ्य स‌ंस्थामा सुत्केरी गराउने बढ्दै

person explore access_timeफागुन १७, २०७६ chat_bubble_outline0

जिल्लामा रहेका ५२  स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो संगै मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको कार्यालयका  प्रमुख रमेश मलासीले बताए । उनले भने, “बर्थिङ सेन्टरमा सुत्केरी गराउन थालेपछि यहाँको मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ, यो आफँैमा राम्रो पक्ष हो ।” 
    बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या महिनैपिच्छै बढ्दै जान थालेको  तथ्याङ्ले देखाएको छ ।  यहाँका ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छन् ।  जिल्लाको विकट क्षेत्रमा पर्ने घागल तथा बोगटान क्षेत्रका स्थानीय महिलाले पनि स्थानीयस्तरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित सुत्केरी हुन थालेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...