निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्छौं : मन्त्री शाह

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा दोषी पत्ता लगाउनको लागि सुदुरपश्चिम सरकारले तदारुकताका साथ काम गरेको भएपनि अहिलेसम्म दोषी पत्ता लगाउन नसकेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘प्रहरी प्रशासनले पनि गम्भिर भएर अनुसन्धान गरेको हो । कतिपय घटनामा अनुसन्धानको लागि समय लाग्छ । अनुसन्धानको पाटो जटिल भयो । पीडितले न्याय पाउनुपर्छ । अनुसन्धानमा ढिलाई भएपनि अपराधीलाई कानूनी कठघरामा उभ्याइन्छ । दोषीलाई कारबाही गरिन्छ ।’
उनले छाउपढी प्रथा उन्मुलनको लागि आफ्नो सरकार गम्भिर रहेको पनि विश्वास दिलाए । उनले भने,‘हामीले योलगायत केही प्रथालाई कलंकको रुपमा लिएको छ । अहिले यसबारेमा व्यापक जनचेतना भैरहेको छ । सरकारले उन्मुलनको लागि कानूनसमेत बनाएर अघि बढेको अवस्था छ ।’
उनले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन् । शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरुको सरकार सफल भएको उनको भनाई छ ।
उनले आफूहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा जुटेको र सोहीअनुसार सशक्त भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी
-
बार निर्वाचनमा मिश्र प्यानलको २५ वटै पदमा अग्रता
-
आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला
-
चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह
-
तीनकुने घटनाको अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक आयोग गठन
-
यू-१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो