शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

शनिबार, १७ फागुन २०७६, १६ : ३८
शनिबार, १७ फागुन २०७६

हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । 

टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् ।

 चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो । माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताए । टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताए । 
  
    गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।

गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्डलिङ्कबाट सामाजिक सञ्जालमा जोडिने गरेको यहाँका स्थानीयवासी बताउँछन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ । मोबाइलमा नेटवर्क देखाउने गरे तापनि फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने गरेको स्थानीयवासी कुसुम बुढाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप