बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘व्यावसायिक शिक्षालाई संस्थागतरुपमा अगाडि बढाउनुपर्छ’

शनिबार, १७ फागुन २०७६, १६ : ३५
शनिबार, १७ फागुन २०७६

नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले व्यावसायिक शिक्षालाई संस्थागतरुपमा अगाडि लैजानुपर्ने बताएका छन्
    शनिबार राजधानीमा आज आयोजित कार्यक्रममा उनले देश विकासका लागि व्यावसायिक शिक्षालाई सरकारले प्राथमिकता दिएर अगाडि लैजानुपर्ने बताए । “योग्य नागरिक उत्पादन गर्न मुलुक अनुकूलको शिक्षा आवश्यक छ, त्यो शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्छ”, पूर्वमन्त्री समेत रहेका उनले भने । 

    बर्दिया क्षेत्र नं १ का प्रतिनिधिसभा सांसदसमेत रहेका गौतमले समृद्ध मुलुक निर्माण गर्नका लागि आवश्यकपर्ने शिक्षा नीति बनाउनुपर्ने उल्लेख गरे  । उनले सरकारले सार्वजनिक विद्यालयमा ठूलो लगानी गरे पनि राम्रो शिक्षा नभएको गुनासो बढिरहेकाले निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सुझावसमेत दिए । 

सो अवसरमा नेपाल सरकारका उपसचिव देशबन्धु अधिकारीले कुनै पनि विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्न शिक्षक, अभिभावक र विद्यार्थीको उत्तिकै जिम्मेवारी रहेको बताए । 

    गायक पशुपति शर्माले विद्यार्थीले अनुशासित र मर्यादित भएर अध्ययन गरेमात्र उत्कृष्ट नतिजा प्राप्त गर्नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप