आफूविरुद्ध मुद्दा परेपछि मुख्यमन्त्री राईले भने– मलाई फसाउन खोजियो
सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्याउने गरी कुनै गल्ती नगरेको बताएका छन् ।
राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए ।
उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दावी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दावी गरे ।
शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए ।
दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् ।
सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।
मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण