शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफूविरुद्ध मुद्दा परेपछि मुख्यमन्त्री राईले भने– मलाई फसाउन खोजियो

शनिबार, १७ फागुन २०७६, १५ : १८
शनिबार, १७ फागुन २०७६

सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको बताएका छन् । 

राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए । 

उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दावी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दावी गरे । 

शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए । 

दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै  ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् । 

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।


मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप