बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसका कारण विश्वभरको शेयर बजार प्रभावित, डाउ जोन्समा १३५ वर्षयताकै सबैभन्दा ठूलो गिरावट

शनिबार, १७ फागुन २०७६, १४ : ४४
शनिबार, १७ फागुन २०७६

कोरोनाभाइरस फैलने डरले विश्व शेयर बजारमा असर देखिएको छ । अमेरिकी शेयर बजार डाउ जोन्समा ११९०.९५ अंकको गिरावट देखियो । 

यो डाउ जोन्सको १३५ वर्षको इतिहासमा एकै दिनको सबैभन्दा ठूलो गिरावट हो । ब्रिटेन, जापान, चीन, हङकङ, क्यानडासमेत सबै प्रमुख बजारलाई कोरोनाभाइरसले प्रभावित बनाउनेछ ।  

शुक्रबार सेन्सेक्समा १४४८.३७ अंकको ¥हास आएर ३८,२९७.२९ अंकमा बन्द भयो । यो सेन्सेक्सको हालसम्मको दोस्रो ठूलो गिरावट हो । 

यस अघि २४ अगस्ट २०१५ को दिन सेन्सेक्टमा १६२४ अंकको गिरावट देखिएको थियो । 

निफ्टीमा ३.५६ प्रतिशतको गिरावट आयो । निफ्टी ४१४.१० अंक तल झरेर ११२१९.२० अंकमा पुग्यो । 

पछिल्लो ६ दिनमा सेन्सेक्स झण्डै ७ प्रतिशत झरिसकेको छ । यसबाट बीएसईको बजार क्यापमा करिब १८.५ लाख कारोड रुपैयाको कमी आयो । 

महामारीको भयमाझ संसारका अन्य शेयर बजार नेस्डेक, डाउ जोन्स, निक्केई, हैङ्सेङ, शंघाई कम्पोजिटसमेत सबै बजारमा असर परेको छ । 

विशेषज्ञका अनुसार, सन् २००८ को आर्थिक मन्दीपछि संसारभरको स्टक हालसम्मकै खराब चरणमा पुग्दैछ । 

डाउ जोन्सको एक दिनको सबैभन्दा ठूलो गिरावट

डाउ जोन्समा ११९०.९५ अंकको गिरावट देखियो । यो डाउ जोन्सको इतिहासको एक दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । 

एक हप्तामै डाउ जोन्समा ३,२२५.७७ अंक अर्थात ११.१ प्रतिशतको गिरावट आइसकेको छ । 

अमेरिका र चीनबीचको व्यापार युद्धमा खुकुलोपन आएपछि लगानीकर्ताले विश्व अर्थव्यवस्था चाडैं पुनरस्थापना हुने आशा गरेका थिए ।

तर कोरोनाभाइरसको संक्रमणका कारण चीनमा उद्योगहरु बन्द छन् । चीनबाट आपुर्तिमा समस्या हुदाँ संसारको कयौं देशमा उत्पादन नराम्ररी प्रभावित भएको छ । 

कोरोनाभाइरस चीनको अतिरिक्त अन्य देशमा फैलिदाँ लगानीकर्ताको मनोविज्ञान समेत नराम्ररी प्रभावित भइरहेको छ । 

कच्चा तेलको व्यापार पनि प्रभावित
कोरोनाभाइरसको कहरबाट कच्चा तेलको बजार पनि नराम्ररी प्रभावित भएको छ । 

अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रेडको मुल्य आठ जनवरीमा ७१.७५ डलर प्रति ब्यारेलसम्म पुगेको थियो । 

उक्त मुल्य ब्रेन्ट क्रुडको सबैभन्दा उच्च स्तर मानिन्थ्यो । बितेको एक हप्तादेखि कोरोनाको कहरबाट बजारमा मच्चिएको मन्दी र डरको कारण ब्रेन्ट क्रुडको मुल्य यो उच्चस्तरबाट २१.७९ डलर अर्थात ३०.२८ प्रतिशत घटिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप