शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपको टी–२० मा सय विकेट पूरा

शनिबार, १७ फागुन २०७६, १४ : ०७
शनिबार, १७ फागुन २०७६

एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । 

सन्दीपले थाइल्याण्डमा शनिबार देखि सुरु भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा विकेट लिँदै ऐतिहासिक उपलब्धि हात पारेका हुन् । 

यसअघि ९९ विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध विकेट लिएपछि सय विकेटको आँकडा पूरा गरे । उनले मलेसियाविरुद्ध आज दुई विकेट लिए । 

सन्दीपले पहिलो ओभरको दोस्रो बलमा मलेसियाका भिरनदिप सिंहलाई र अर्को बलमा खिजार हायतलाई आउट गरेका थिए । यससँगै सन्दीपले टी–२० एक सय एक विकेट पूरा गरेका छन् । 

सन्दीपले नेपालको राष्ट्रिय टोलीबाट १८ खेल खेल्दै ३० विकेट लिएका छन् । बाँकी ७१ विकेट विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलेर लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप