शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका होटल तथा खाजाघरमा प्रहरीको छापा : १६ जना पक्राउ

शनिबार, १७ फागुन २०७६, १२ : ४४
शनिबार, १७ फागुन २०७६

भक्तपुर । प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेको छ । 

अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका गलत कार्य हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ गरेको हो । 

जसमा ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । 

पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिएको जोशीले बताए  । 

यस क्षेत्र यौन अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको डीएसपी जोशीको भनाइ छ । 

शेषगरी यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुराँलाई प्रहरीले निगरानीमा राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप