शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमणको स्तर चीनमा भन्दा बढी

शनिबार, १७ फागुन २०७६, १२ : १७
शनिबार, १७ फागुन २०७६

शुक्रबार दक्षिण कोरियामा ५९४ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए । यो संख्या शुक्रबार नै चीनमा भेटिएका नयाँ संक्रमितभन्दा बढी हो । 

कोरोनाभाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित देश चीनमा पछिल्लो समय नयाँ संक्रमितको संख्या घट्न थालेको छ । 

शुक्रबार चीनमा ४२८ नयाँ संक्रमितको पहिचान भएको थियो । भाइरसबाट मर्नेको हकमा भने चीननै अगाडि छ । चीनमा हिजो दिनभर ४७ व्यक्तिको मृत्यु भयो ।

चीनमा कोरोनाभाइरसका कारण हालसम्म २८३५ को मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ७९२५२ रह्यो । 

उता दक्षिण कोरियामा संक्रमितको कुल संख्या २९३१ पुगेको भने कोरोनाभाइरसका कारण १७ को मृत्यु भएको छ । 

नयाँ प्रमाणित संक्रमितको संख्याको हिसाबमा दक्षिण कोरियाले चीनलाई पछि पारेसँगै त्यहाँ चिन्ता बढेको छ । 

दक्षिण कोरियामा अधिकाशं कोरोनाभाइरस संक्रमित देशको दक्षिण पूर्वी भागमा तेगु सहरमा देखिएको छ । 

तेगुको प्रकोपपछाडि एक क्रिश्चियन समूह सिन्चेओन्जी चर्चसमूहसँग जाडिएको छ । केहीले उक्त चर्चलाई धार्मिक पन्थको रुपमा हेर्ने गर्छन् ।

अधिकारीका अनुसार सहरमा उक्त समूहले आयोजना गरेको एकका भेलामा सदस्यले एकअर्कालाई संक्रमित गरेका थिए । संक्रमणको स्तर पहिचान हुनु अघि त्यसले विकराल रुप लिइसकेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप