कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो ।
कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र प्रदान गरिन्छ । पहिलोपटक श्रम स्वीकृति लिन भने काठमाडौं पुग्नुपर्ने बाध्यता छ । कार्यालयका सूचना अधिकारी श्यामकृष्ण आचार्यका अनुसार कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर साउदी अरेबिया, कतार, मलेसिया र युएईमा बढी जाने गरेको पाइएको छ ।
यसैबीच, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट न्यून मात्रामा रोजगारदाता कम्पनीमा दर्ता भएका छन् । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको दुई वर्ष बित्न लाग्दा १२१ रोजगारदाता कम्पनी दर्ता भएका हुन् ।
कोषमा योगदान गर्ने श्रमिकको संख्या भने १७२ रहेको छ । सरकारले दुई वर्ष अघि श्रमिकलाई अवकाश हुँदा पेन्सन, उपदान र उपचार सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषको स्थापना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी