शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपूर्ण बनाउन लागौंः राज्मन्त्री मानन्धर

शनिबार, १७ फागुन २०७६, ११ : २२
शनिबार, १७ फागुन २०७६

काठमाडौं  सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताएका छन् । 

शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताएका हुन् । 

राज्यमन्त्री मानन्धरले सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको समेत बताए । 

 नेपाल विश्वकै सबैभन्दा सुन्दर मुलुक भएको बताउँदै केही वर्ष सबै मिलेर मेहनत गर्न सके समृद्धि समेत हाँसिल हुने बताए । 

मानन्धरले नेपाल पृथ्विको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपूर्ण बनाउने दायित्व सबैको काँधमा भएको बताए । 

नेपाल जस्तै जैविक विविधताले भरिपूर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्ने बताए । 

प्रकृतिले दिएका उपहारसँगै हामीसँग पुर्खाको पौरख पनि रहेको बताउँदै मानन्धरले नेपालको मौलिक कला र संस्कीति पनि विश्वका लागि अध्ययनको क्षेत्र भएको बताए । 

प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरहरुका कारण नेपालले विश्वकै ध्यान केन्द्रीत गरिरहेको बताउँदै राज्यमन्त्री मानन्धरले अब नेपालीहरुका बीचमा केही गरौं भन्ने भावना र विकासको चाहना तिब्र हुनुपर्ने बताए । 
बर्तमान सरकार जनताको आशालाई विश्वास र व्यावहारमा परिणत गर्न लागिपरेको उल्लेख गर्दै मानन्धरले विकासका खाकाहरु कार्यान्वयन मार्फत अघि बढिरहेको बताए । 

कार्यक्रममा  मानन्धरले देश विकासका लागि राजनीतिक र प्रशासनीक तहबाट बनेका योजनाको नक्सा डिजाइन गर्ने काम ईन्जिनियरहरुको भएको बताउँदै समृद्ध नेपाल निर्माणमा ईन्जिनियरहरुको भुमिका अतुलनिय रहने बताए । 

आइतबारदेखि शुरु हुने युवा ईन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागी हुँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप