शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल आज मलेसियासँग भिड्दै

शनिबार, १७ फागुन २०७६, ०९ : ३४
शनिबार, १७ फागुन २०७६

काठमाडौं : एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । 

थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपाली टोलीको मनोबल उच्च रहेको छ । 

यसअघिका भिडन्तमा पनि नेपाल बलियो देखिएकोले मलेसियालाई हराउन सक्षम छ । नेपाल र मलेसियाबीच यसअघि सात पटक भिडन्त भएको छ । जसमा नेपालले ६ र मलेसियाले एक खेल जितेका छन् । यस प्रतियोगितामा सहभागी पाँच देशमध्ये नेपाल आईसीसी एकदिवसीय मान्यता प्राप्त एक्लो देश हो । 

यस हिसावले पनि नेपाललाई यस प्रतियोगिता जित्नु पर्ने दबाब छ । नेपाली टोलीका प्रशिक्षक जगत टमटा र कप्तान ज्ञानेन्द्र मल्लले नेपालको एउटै लक्ष्य उपाधि रहेकोले उत्कृष्ट प्रदर्शन गर्ने दावी गरेका छन् । 

प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् । नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ तारिख सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप