शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेस्टरलाई नर्विचको झट्का

शनिबार, १७ फागुन २०७६, ०९ : १२
शनिबार, १७ फागुन २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई रेलिगेनमा रहेको नर्विच सिटीको नमिठो झट्का लागेको छ । 

शुक्रबार राति भएको खेलमा लेस्टर नर्विच सिटीसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । नर्विचको जितमा जमल लेविसले गोल गरे । जमलले ७०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जमलले म्याक्स आरोन्सको पासमा गोल गरेका थिए । 

पछिल्ला खेलमा कमजोर प्रदर्शन गरिरहेको लेस्टरले नर्विचबिरुद्ध लगातार गोलको अवसर गुमाएको थियो । यस हारसँगै लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी घटाउने मौका गुमाएको छ । लेस्टरको २७ खेलबाट ५० अंक छ । 

२१ अंक बनाको नर्विच तालिाको अन्तिममा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ७९ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ५७ अंक र चौथो स्थानमा रहेको चेल्सीको ४४ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप