बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेहा र आदित्यको विवाहको बारेमा नेहाको अर्को खुलासा

शनिबार, १७ फागुन २०७६, ०८ : ३८
शनिबार, १७ फागुन २०७६

भारतीय टेलिभिजनमा प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल–११’ सिजनमा नेहा कक्कर र आदिन्य नारायण झाको विवाहले निकै चर्चा पायो ।

शोमा आदित्य र नेहाको विवाह भ्यालेन्टाइन डेको दिनमा हुने पक्का भनेर समाचारहरु बाहिरिए । उनीहरुको विवाहलाई लिएर गायक उदितदेखि धेरैले चर्चा समेत गरे ।

तर, केही समयपछि उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको र विवाह पनि नक्कली भएको खुलासा भयो । त्यस विषयमा आदित्य र उदित दुवैले खुलेरै विवाहको विषय शोको टिआरपी बढाउनकै लागि गरिएको नाटक भएको बताएका थिए ।

यसपछि, नेहाले पनि यस विषयमा बोलेकी छिन् । नेहाले विवाहको कुरा नाटक मात्रै भएको खुलाएकी छिन् । उनले आदित्यको आफ्नै प्रेमिका भएको र निकट भविष्यमा नै उनले ती युवतीसँग विवाह गर्ने समेत खुलाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप