शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको अर्थतन्त्रमा ६ वर्षपछि पहिलोपटक सामान्य वृद्धि

शुक्रबार, १६ फागुन २०७६, २२ : १३
शुक्रबार, १६ फागुन २०७६

एजेन्सी । भारतमा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६ वर्षपछि पहिलोपटक सामान्य आर्थिक वृद्धिदर देखिएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यस वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धि दर ४.७ प्रतिशत कायम भएको देखिएको छ ।

एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा लगानी खुम्चिँदा औद्योगिक उत्पादनमा कमी आउनुका साथै वेरोजगारी दरमा चार दशक यताकै उच्च अवस्थाको सामना गर्नुपरेको थियो । तर शुक्रबार सार्वजनिक तथ्याङ्कमा सन् २०१९ को पहिलो त्रैमासमा ०.२ प्रतिशतको आर्थिक वृद्धि भएको देखिएको छ । यो निरन्तरका सात त्रैमासपछिको पहिलो सुधारको सङ्केत हो । निम्न आर्थिक वृद्धिका कारण भारतीय अर्थतन्त्रमा सन् २०१४ पछि कूल ग्राहस्थ उत्पादन खराब रहँदै आएको थियो ।

अर्थशास्त्रीहरूका अनुसार भारतले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ व्यक्तिलाई रोजगारी दिनुपर्ने अवस्था रहेकाले मुद्रास्फीति दर भने सात प्रतिशतभन्दा निकै तल रहेको छ । भारतको वार्षिक आर्थिक वृद्धिदर सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि गत वर्ष सबैभन्दा निम्न अर्थात् पाँच प्रतिशतमा झरेको थियो ।

‘यो ठूलो सङ्ख्या होइन तर विश्वको सबैभन्दा खराब अवस्था हामीभन्दा निकै पछाडि छ र भारतले सुधारमा ढिलो रफ्तार देखाइरहेको छ,’ मुम्बईका आनन्द राठी सेक्युरिटिजका अर्थशास्त्री सुजन हजराले बताए ।

पछिल्लो त्रैमासिक तथ्याङ्कले गत डिसेम्बरमा चीनमा सुरू भएको नयाँ कोरोनाभाइरस महामारीको अन्तर्राष्ट्रिय प्रसारको समयावधिलाई समेटेको छ ।

यसको प्रकोपले भारत र विश्वभरिको आपूर्तिको श्रृङ्खलामा प्रभावित गरेको छ र अन्तर्राष्ट्रिय बजारहरूलाई अनियन्त्रित गिरावटतर्फ धकेलेको छ । ‘निजी उपभोग बढेकोले सुधारकाका केही सङ्केतहरू देख्न सकिन्छ तर विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणले भारतीय अर्थतन्त्रको अर्को त्रैमासिकमा अझ बढी चुनौती खडा गरेको छ,’ हजाराले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप