केन्द्रीय संस्करण

अवैध १० लाख रुपैयाँसहित दुई जना भारतीय हुण्डी कारोबारी पक्राउ

person explore access_timeफागुन १६, २०७६ chat_bubble_outline0

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध १० लाख नेपाली रुपैयासहित दुुई जना भारतीय हुण्डी कारोवारीलाई पक्राउ गरेको छ।१९ लाख रुपैया सहित दुुईजना हुण्डी कारोवारीलाई पक्राउ गरेको एकसाता नबित्दै सशस्त्र प्रहरीले  फेरी दुुई जना हुण्डी कारोवारीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीबल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रबिनराज कर्णजितको कमाण्डमा गएको टोलीले शुुक्रवार दिउसो १ बजे गौर २ मा चेकजाँचको क्रममा सिमावर्ती भारतिय बजार बैरगनियाबाट १० लाख रुपैया लिएर गौरतर्फ आउँदै गरेका  दुुईजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत बिहार सितामढीस्थित बैरगनिया वडा १४ का चन्दन शिंहका छोरा २१ वर्षीय सन्नीकुमार पटेल र सोही ठाँउका नथुनी जयसवालका छोरा २६ वर्षीय सुुरज जयसवाल रहेको सशस्त्र प्रहरी रौतहटका  डिएसपी प्रमोद भारतीले बताए ।

स्रोत नखुुलेको १० लाख नेपाली रुपैयाँका साथ ३ थान मोबाईल सहित दुुबै जना हुण्डी कारोवारीलाई आवश्यक कायरबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 
यसअघि  गत १२ गते सशस्त्र प्रहरी रौतहटको गस्ती टोलीले कटहरिया नगरपालिका ६ बगहीका नवलकिसोर साह र भारत बैरगनियाका सनीकुमारको साथबाट अबैध १९ लाख रुपैया बरामद गरेको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.