शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, १६ फागुन २०७६, २१ : १०
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृतयु भएको छ । 

सुर्खेतको गुर्भाकोट नगरपालिका-९ झुल्केस्थित सडकमा लु.१ ज ४०७९ नम्बरको जिप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा सिम्ता गाउँपालिका-९ बस्ने २४ वर्षीय भुपाल खत्रीको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका उनको मेहलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनालाई मेहलकुना अस्पताल सुर्खेत हुँदै थप उपचारका लागि  नेपालगञ्ज अस्पतालतर्फ पठाइएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । 

यसैगरी सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनिया चोकस्थित सडकमा ना.७ ख ५७९ नम्बरको बसले शुक्रबार बिहान साइकललाई ठक्कर दिँदा कर्जनाह नगरपालिका-६ बढरा बस्ने २० वर्षीय पुजन सदाको मृत्यु भएको छ ।
 ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पर्साको बिन्दबासिनी गाउँपालिका-४ झौवा चौकस्थित सडकमा ना.६५ प ६४२९ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने  बस्ने आस महमद आलमको ३ वर्षीय छोरा खुसिद आलमलाई ठक्कर दिँदा शुक्रबार बिहान मृत्यु भएको छ । 
 ठक्करबाट गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार भारत बिहार बस्ने ३० वर्षीया सुनिता दासको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप