मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, १६ फागुन २०७६, २१ : ०६
शुक्रबार, १६ फागुन २०७६

धादिङ ।बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी गल्छी गाउँपालिका-३ छाङ्गेटार बस्ने ईच्छुक भन्ने ३५ वर्षीय त्रिचन्द्र देवकोटालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

देवकोटा २०७६ असार १० गते सिद्धलेक गाउँपालिका-६ स्थित कालुपाण्डे राजमार्गमा तरकारी राख्ने क्रेटमा बम राखी स्थानीय मानिसहरुलाई तथा राजमार्गमा संचालन हुने सवारी चालकलाई समेत आतंकित बनाउने, २०७५ फागुन ११ गते थाक्रे गाउँपालिका-११ मान्खुस्थित एनसिएल टावरमा आगजानी र २०७५ माघ २५ गते सिद्धलेक गाउँपालिका-१ बैरेनीस्थित कालुपाण्डे राजमार्गमा प्रेशरकुकर बम राखी राजमार्ग सडक अवरोध गरी स्थानीय मानिसहरुलाई आतंकित बनाउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप