बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनइएलटीएको अध्यक्षमा जनक रावल चयन

शुक्रबार, १६ फागुन २०७६, २० : ५८
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (एनइएलटीए) को अध्यक्षमा जनक रावल चयन भएका छन् । 

फागुन १५ गतेदेखि काठमाडौंमा प्रज्ञा भवनमा भएको एनइएलटीएको दोस्रो केन्द्रीय महाधिवेशनबाट सर्वसम्मत रुपमा दोस्रो कार्यकाल पनि रावल अध्यक्ष चुनिएका हुन् ।

यस्तै वरिस्ठ उपाध्यक्षमा लोकबहादुर शाही, खुला उपाध्यक्ष पुष्कर नेपाल ,समावेशी उपाध्यक्षहरु युगल किशोर सिंह, दिपेन्द्र परियार, दिलमाया श्रेष्ठ , राधा भुसाल भण्डारी, छवि भट्टराई,  लक्ष्मण घिमिरे चयन भए ।

यता   महासचिव सुरेशकुमार श्रेष्ठ, उप–महासचिव सुमन कुमार चौहान, कोषअध्यक्ष असोज थामा अर्याल लगायत ४९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ्र । महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप