नेविसंघ तदर्थ समिति गठनको एक महिना : काफ्ले समूहको खबदारी सुरु
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समितिको अपूर्णताले विद्यार्थी आन्दोलन र विधिवत महाधिवेसनमा अन्योलता निम्ताय संघ पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले निष्कर्ष निकालेको छ ।
नेविसंघ जनमैत्री कलेजद्वारा तदर्थ समितिको अपूर्णता र अधिबेसनप्रतिको उदासीनता विषयमा शुक्रबार आयोजित विचार गोष्टीमा उक्त समूहले यस्तो निष्कर्ष निकालेको छ ।
नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले किस्ताबन्दीको तदर्थ समितिले अधिवेशनलाई अन्योल बनाएको बताए ।
उनले विद्यार्थीहरुले नेतृत्वलाई निरन्तर खबरदारी गर्न सुझाब दिए ।
निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले अमरण अनसनको बेवास्ता गर्दै आएको तदर्थ समितिले एक महिना बित्दा पनि अधिवेशनको सामान्य प्रकृया पनि नथालेकोले अब पाच महिनामा अधिवेशन सम्पन्न गर्नेमा संका व्यक्त गरे ।
उनले छ महिनापछि एक दिन समय थपे पनि मान्य नहुने बाताए। कार्यक्रममा नेविसंघ नेताहरु शिव रिमाल, ईश्वर विष्ट, मोती भण्डारी , इन्दु शर्मा, गणेश सापकोटा, ईश्वर अधिकारी, मनिस सिम्खडा लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे