शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : न्याय माग्दै पूर्वमन्त्री बाँस्कोटा अदालतमा, प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने प्रचण्डको विश्वास

शुक्रबार, १६ फागुन २०७६, १८ : ५४
शुक्रबार, १६ फागुन २०७६

पुष्पकमल दाहाल प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकको   निर्णय प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार चितवन गरिएको एक कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओली र आफ्नो अध्यक्षतामा बसेको बैठकको सर्वसम्मत निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गरे ।

पार्टी उपध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएपनि तत्काल संविधान संशोधनको प्रकृया अगाडी नबढ्ने उनले बताए ।

राष्ट्रियसभा सदस्य संख्या बढाउने बारे बैठकमा कुनै निर्णय नभएको र अहिले त्यो सम्भव पनि नरहेको उनको भनाइ छ । यही विषयलाई लिएर बुधबारबाट नेकपामा उत्पन्न विवाद सेलाउँदै गएको छ ।


डा. राजन भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताएका छन् ।

राष्ट्रियसभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने उनले बताए ।  नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने उनको दावी छ । 

भट्टराईले गौतमको विषय उपयुक्त हिसाबले व्यवस्थापन हुने बताउनुभयो । नतिजा के हुन्छ भन्ने कुरा १, २ दिनभित्र टुंगो लाग्ने भएकाले अहिले बोल्न हतारो हुने उनको भनाइ छ । 

अमेरिकी सहयोग परियोजना एमसीसी प्रधानमन्त्रीले नै पारित हुन्छ भनिसकेपति त्यसमा शंका नगर्न आग्रह गरे । 

यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका पूर्व मन्त्री गोकुल बास्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारवाही हुने उनले बताए । तर छानबिन पुरा नहुँदै अपराधि जस्तो व्यवहार गर्नु उपयुक्त नहुने भट्टराईले बताए ।
  
न्याय माग्दै गोकुल बास्कोटाबाट विजय मिश्रविरुद्ध मुद्धा दायर 

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा विवादास्पद अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटाले मिश्रविरुद्ध शुक्रबार गाली बेइज्जतीको मुद्दा दायर गरेको बताएका छन् ।

पूर्वमन्त्री बास्कोटाले मिश्रविरुद्ध झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको गरेको भन्दै आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालतमा न्याय माग्दै मुद्दा दायर फेसबुक र ट्वीटरमार्फत जनाएका छन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटा र मिश्रविच घुसबारे कुराकानी भएको  अडियो स्विस कम्पनी केबीए नोटासिसका स्थानीय एजेन्ट रहेका विजय मिश्रले सार्वजनिक गरेका थिए । 

चौतर्फी आलोचनाका बिच राजिनामा दिएका बास्कोटाले आफू निर्दोश रहेको र छ सात वटा अडियो जोडेर सार्वजनिक गरिएको दावी गरेका छन् । 


कृषि समिति
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्लान क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्लान क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो ।

पछिल्लो समय क्वारेन्टाइन नभएका वस्तुहरु आयात गर्न दवाव बढ्न थालेपछि समितिले मन्त्रालयलाई क्वारेन्टाइनमा कडाई गर्न निर्देशन दिएको हो ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कानूनको व्यवहारीक पक्ष ख्याल गरेर काम गर्ने विषय सकारात्मक भएको बताए ।

उनले कानून व्यवहारीक रुपमा कार्यान्वयन गर्न ध्यान नदिएर आफ्ना कुराहरु मात्र कार्यान्वयन गर्न खोजेमा समस्या आउने बताए ।

प्लान क्वरोन्टाइनबिना बीउबिजन ल्याउँदा उत्पानमा समस्या हुने र किसानलाई नोक्सानी पु¥याउने भएकाले गम्भिर छलफल गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड थियो ।

 पद्मा अर्याल
भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन् ।

शुक्रबार आफ्नो २ वर्षीय कार्यकालमा भएका उपलब्धिहरुको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले छिट्टै उचाई सार्वजनिक गर्ने बताइन् ।

यस्तै नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधिक टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पु¥याएको उनले बताइन् ।

सरकारले २८४ विघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताउनुभयो । २८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याउको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताइन् ।

हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ विघ जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ ।

अर्थ मन्त्री आर्थिक तथा वित्तीय सम्मेलन

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताए ।
 उनले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताए ।

अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौति देखा परेको बताए । उनले सरकार व्यववसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
शनिबार सम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरुबाट वित्तीय स्थायीत्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास समेत अर्थमन्त्री खतिवडाले गरे ।

अमेरिका लैजाने भन्दै ठगि गर्ने पक्राउ

अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षिय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगि गरेको पाईएको छ । प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो ।

खडकाले अहिले सम्म १० जना भन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगि गरेको पाइएको छ । 

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पिडितहरुले बताएका छन् ।

खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनीहरुको भनाइ छ ।

खडकाले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पिडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पिडितहरुले बताएका छन् । प्रहरीले खडकालाई पक्राउ गरी अनुशन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप