एनआइसी एसिया बैंकका ग्राहकहरुलाई वाल क्लाइम्बिङमा विशेष छुट
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेड र अष्ट्रिक क्लाइम्बिङ वाल प्रालिबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझ्दारी भएको छ । उक्त समझ्दारीपत्रमा बैंकको तर्फबाट बैंकका बागमती प्रदेश डिजिटल सेल्स प्रमुख राम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घलेले हस्ताक्षर गरेका छन्। उक्त समmझदारीअनुसार यस बैंकका ग्राहकहरुले बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ ।
साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझ्दारीअनुसार ५० प्रतिशत छुट हुने जनाइएको छ । उक्त सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझ्दारीले यस खेलमा रमाउन चाहने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । त्यस्तै बैंकले डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरुलाई कार्ड तथा मोबाइल बैंकिङका माध्यामबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटाभन्दा बढी मर्चेन्टहरुबाट आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ । उक्त छुट देशभर रहेका विभिन्न ख्यातिप्राप्त अस्पतालहरु, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरुबाट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा