केन्द्रीय संस्करण

प्रभु बैंकको नयाँ निक्षेप योजना प्रभु गुडलक सेभिङ

person explore access_timeफागुन १६, २०७६ chat_bubble_outline0

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको  तर्फबाट १०० जम्मा गरिदिने व्यवस्था मिलाइएको छ । प्रभु गुडलक सेभिङ योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङअन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटल लि. सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्त आइपिओ, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । प्रभु गुडलक सेभिङमा सहभागी हुने विद्यार्थीहरुलाई आप्mनो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवसर समेत मिल्नेछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.